जडीबुटीहरु लोप हुनसक्ने खतरा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जडीबुटीहरु लोप हुनसक्ने खतरा

  • 1 नोभेम्बर 2017

स्कटल्याण्डस्थित रोयल बोटनिक गार्डेनसंग आबद्ध वैज्ञानिकहरुले नेपालका औषधिजन्य वनस्पतिहरु लोप हुनसक्ने खतरा रहेको चेतावनी दिएका छन्।

जथाभावी जडीबुटीहरु संकलन गर्ने प्रचलन तथा जलवायु परिवर्तनबाट उत्पन्न असरका कारण पनि महत्वपूर्ण जडीबुटीहरु लोप हुनसक्ने खतरा देखिएको उनीहरुले बताएका छन्।

नेपालका वनस्पतिहरुको अध्ययन गरी आधिकारिक प्रकाशन गर्ने काममा जुटीरहेका वनस्पतिशास्त्रीहरुले त्यस्तो चेतावनी दिएका हुन्।

उनीहरुले औषधिजन्य वनस्पतिहरुको दीगो उपयोगकालागि तत्काल कदम चाल्न पनि सुझाव दिएका छन्। बीबीसी रिपोर्ट

(तस्वीर पाँचऔंले; फोटो सौजन्य: गंगा भट्ट)