न्यूयोर्क आक्रमणका दृश्य
न्यूयोर्कमा एक व्यक्तिले फुटपाथ र साइकल लेनमा ट्रक जोताउँदा कम्तीमा आठजनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन्।

तस्बिर स्रोत, Reuters
स्थानीय समय अनुसार मंगलवार दिउँसो न्यूयोर्कको लोअर म्यानह्याटनमा फुटपाथ र साइकल लेनमा सेतो रंगको एउटा पिक-अप ट्रक जोताइएको प्रहरीले जनाएको छ।
तस्बिर स्रोत, EPA
घटनामा कम्तीमा आठजना मारिएका छन् भने ११ जना गम्भीर घाइते भएका छन्। घटनास्थलमा साइकलहरु लडिरहेको देख्न सकिन्थ्यो।
तस्बिर स्रोत, Reuters
प्रहरीका अनुसार फुटपाथ र साइकल लेनमा जोताइएको ट्रक एउटा स्कूल बससँग ठोक्किएको थियो।
तस्बिर स्रोत, AFP/Getty Images
त्यसपछि पिक-अप ट्रकबाट निस्केका व्यक्तिमाथि प्रहरीले गोली हाने र उनलाई नियन्त्रणमा लिए। स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रक चालक सेफुलो साइपभ भएको पहिचान गरिएको छ र सन् २०१० मा उनी उज्बेकिस्तानबाट अमेरिका पुगेको ठानिएको छ।
तस्बिर स्रोत, Reuters
घाइते भएका केही मानिसहरुलाई घटनास्थलमै प्राथमिक उपाचार गरिएको थियो…
तस्बिर स्रोत, Reuters
…केहीलाई चाहिँ तुरुन्तै अस्पताल पुर्याइएको थियो।
तस्बिर स्रोत, AFP/Getty Images
आक्रमणका बेला धेरै प्रत्यक्षदर्शीहरु अत्तालिएको देखिएका थिए।
तस्बिर स्रोत, Reuters
प्रहरीले कुकुरको प्रयोग गरी सवारीसाधनको सुरक्षा जाँच गरेका थिए।
तस्बिर स्रोत, Reuters
प्रहरीले उक्त क्षेत्र ‘सील’ गरेपछि अभिभावकहरुले नजिकैका विद्यालयहरुबाट आफ्ना बच्चाहरु लगेका थिए।
तस्बिर स्रोत, EPA
घटना लगत्तै न्यूयोर्क शहर र राज्यका उच्च अधिकारीहरुको एउटा आपतकालीन बैठक बसेको थियो। घटनालाई न्यूयोर्कका मेयर बिल डे ब्लाजिओले शहरको मुटुमा निर्दोष नागरिकलाई निशाना बनाउने उद्देश्यले गरिएको कायरतापूर्ण आतंककारी कार्यको संज्ञा दिएका छन्।