सौर्य सुटकेशको उज्यालो
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सौर्य सुटकेशको उज्यालो

  • 2 नोभेम्बर 2017

सुत्केरी गराउँदा बत्ती नभएमा शिशुको ज्यानै जान सक्छ।

‘वन हर्ट वर्ल्डवाइड’ नामक एउटा कल्याणकारी संस्थाले तीन वर्ष अघि बागलुङको पाण्डवखानी गाउँमा सौर्य सुटकेश उपलब्ध गराएको थियो।

त्यसयता यो गाउँमा सुत्केरीका कारण कुनैपनि महिला वा शिशुको ज्यान गएको छैन।

अमेरिकी चिकित्सक डा. लरा स्टाचेलले उक्त सोलार सुटकेशको विकास गरेकी हुन्।

उच्च रक्तस्राव, उच्च रक्तचाप र बच्चा जन्मन अवरोध भएमा त्यसको जाँच गर्नुपर्ने हुन्छ।

त्यसको लागि भरपर्दो उज्यालो चाहिन्छ।

नेपालका ११० वटा स्वास्थ्य चौकीहरुमा सोलार सुटकेशहरुले भरपर्दो विद्युत सेवा पुराएका छन्।

बीबीसी रिपोर्ट (भिडिओ)