इरानमा भूकम्प
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

इरानमा भूकम्प

  • 14 नोभेम्बर 2017

इरानी राष्ट्रपति हसन रुहानीले गत आइतबार कम्तीमा ४६० जनाको ज्यान जाने गरी गएको शक्तिशाली भूकम्पबाट प्रभावित स्थलहरुको भ्रमण गरेका छन्।

केर्मनशाह क्षेत्रको निरीक्षण गर्दै राष्ट्रपति रुहानीले राहत प्रयासमा सबै सरकारी स्रोत परिचालन गरिएको बताए।

उनले घर बनाउँदा मापदण्ड पालना नगरिएको भए त्यसमा संलग्नहरुलाई जवाफदेही बनाइने पनि जनाए।

भूकम्पमा मृत्यु हुने मानिसको संख्या कम्तीमा ४ सय ६० पुगेको र हजारौं घाइते भएको विवरणहरुमा उल्लेख गरिएको छ।

१२ हजार आवासीय घर ध्वस्त भएका छन्।

आइतबार राति ७ दशमलब ३ परिमाणको भूकम्पपछि २ सयजति परकम्प आएका छन्।

भूकम्प पछि उद्धार कार्य जारी रहँदा घरहरुको कमजोर गुणस्तरबारे प्रश्नहरु उठ्न थालेका छन्। बीबीसी रिपोर्ट (भिडिओ)