नमूना मतदान
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नमूना मतदान: एकजनालाई सरदर अढाई मिनेट

  • 15 नोभेम्बर 2017

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि लाग्ने समय र व्यवस्थापनबारे अध्ययन गर्न हालै आयोग कार्यालय परिसरमा एक नमूना मतदान गरेको थियो।

झण्डै १३० कर्मचारी सहभागी भएको उक्त मतदानमा प्रत्येक कर्मचारीले सरदर अढाई मिनेट लगाएका थिए।

दुवै सभाका लागि हुन लागेका निर्वाचनमा तीनवटा मतपत्र रहनेछन् – प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र रहनेछन् भने समानुपातिकतर्फ एकै मतपत्रमा तल र माथि गरि दुई ठाउँमा दुई सभाका लागि मतदान गर्नुपर्नेछ।

(रिपोर्ट: कमल परियार)