पाकिस्तानी कलेजमा हमला, नौ जनाको मृत्यु

  • 1 डिसेम्बर 2017
पाकिस्तान तस्वीर कपीराइट AFP/Getty Images

पाकिस्तानी शहर पेशावरस्थित एक कलेजमा प्रवेश गरी बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा नौ जनाको ज्यान गएको छ।

मारिनेमध्ये ८ जना विद्यार्थी र एक जना कर्मचारी रहेको प्रहरीले बताएको छ।

अन्य ३६ जना घाइते छन्।

बुर्का लगाएका कम्तीमा तीन पुरुष रिक्सामा पेशावरस्थित कृषि तालिम केन्द्र पुगेको र त्यहाँभित्र प्रवेश गरेको बताइएको छ।

तस्वीर कपीराइट Reuters

विस्फोट

सेनाका अनुसार सबै आक्रमणकारी मारिएका छन्।

पाकिस्तानी तालिवानले आक्रमण आफूहरुले गराएको बताएको छ।

इद ए मिलादको छुट्टीमा कलेज बन्द रहेको ठानिएको छ।

कलेजभित्रबाट कम्तीमा एउटा विस्फोटको आवाज सुनिएको सेनालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरी र सेनाले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन्।

एक जना घाइते विद्यार्थीले रोयटर्सलाई बताएअनुसार, कलेजभित्रै बस्ने ४०० जना विद्यार्थीमध्ये करिब १२० जना आक्रमणको समयमा उपस्थित रहेको बताइएको छ।