माछा मार्ने देशहरुको 'आर्क्टिक' सम्झौता

  • 2 डिसेम्बर 2017
उत्तरी ध्रुब

क्यानडा, रुस, चीन र संयुक्त राज्य अमेरिकासहित विश्वका मुख्य माछा मार्ने देशहरुले उत्तर ध्रुबीय सागर 'आर्क्टिक'मा व्यवसायिक रुपमा माछा मार्न शुरु नहुँदै प्रतिबन्ध लगाउने विषयमा सहमति गरेका छन्।

आर्क्टिकको सबैजसो क्षेत्रमा पहिले हिउँ जमेको थियो तर विश्वव्यापी तापक्रम वृद्धिले त्यहाँको हिउँ पग्लिएर पानी बनिरहेको छ।

सम्झौता वर्तमान समुन्द्री पारिस्थितिक प्रणाली (इकोसिस्टम)बारे भइरहेको वैज्ञानिक अनुसन्धान जारी रहेसम्मका लागि कायम हुनेछ।

क्यानडा, रुस, चीन, अमेरिका, युरोपेली संघ, जापान, आइसल्याण्ड, डेनमार्क र दक्षिण कोरियाले उक्त सहमति गरेका हुन्।

स्वागत

उक्त क्षेत्र करिब २८ लाख वर्ग किलोमिटर छ जुन भूमध्य सागरको जत्रै क्षेत्र हो।

अहिलेसम्म त्यहाँ व्यवसायिक रुपमा माछा मार्ने काम शुरु भएको छैन।

समुन्द्र र माछापालनका लागि अमेरिकी राजदूत डेभिड बाल्टनले भने, "सरकारहरुको समूहले समस्या आउनु अघि नै समाधान गर्ने विरलाकोटीको सम्झौता गरेका छन्।"

"भविष्यमा यदि त्यहाँ व्यवसायिक माछा मार्ने काम गर्न सकिने किसिमको तथ्य आयो भने त्यो व्यवस्थापनको विषय बन्नेछ र उनीहरुका पानीजहाजले माछा मार्ने अवसर पाउनेछन्।"

संरक्षणकर्मीहरुले संझौताको स्वागत गरेका छन्।

क्यानडाको 'ओसन्स नर्थ' भन्ने समूह सम्बद्ध ट्रेभर टेलरले भने- उत्तर ध्रुवीय समुदायहरुको आधार रहँदै आएका माछा र समुन्द्री स्तनधारीहरु अब संरक्षित हुनेछन्।