यमनमा गहिरिंदो संकट
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

यमनमा गहिरिंदो संकट

  • 5 डिसेम्बर 2017

हुथी विद्रोहीहरुले आफुहरुले यमनका भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको हत्या गरेको जनाएका छन्।

गत हप्तासम्म पनि सालेहका समर्थकहरु हुथी विद्रोहीहरुसँगै यमनका वर्तमान राष्ट्रपति अब्द्रबुह मनशुर हादीविरुद्ध लडिरहेका थिए।

तर गत शनिबार सालेहले साउदी अरेबियाले नेतृत्व गरेको गठबन्धनसंग एक प्रस्ताव राख्दै यमनमाथि हमला र नाकाबन्दी अन्त्य गरिएमा उनीहरुसंग नयाँ अध्याय शुरु गर्न सकिने उल्लेख गरेका थिए।

त्यसपछि हुथी विद्रोहीहरुले राजधानी सनामाथि पूर्ण नियन्त्रण कायम गर्ने प्रयास गर्नुकासाथै राजधानी छाडन लागेका सालेहमाथि नै हमला गरेका थिए।

संयुक्त राष्ट्रसंघका अनुसार साउदी गठबन्धनले सन् २०१५ मा हस्तक्षेप गरे यता त्यहाँ महिला तथा केटाकेटी सहित साढे आठ हजार भन्दा बढी मानिसहरुको ज्यान गएको छ भने झण्डै ५० हजार घाइते भएका छन्।

राष्ट्रसंघले त्यहाँ झण्डै ७० लाख मानिसहरुलाई मानवीय सहायता आवश्यक रहेको जनाएको छ।

बीबीसी रिपोर्ट (भिडिओ)

सम्बन्धित सामग्री