समानुपातिकमा पनि एमालेको अग्रता

  • 9 डिसेम्बर 2017
मतगणना

निर्वाचन आयोगले दिएको साँझ ७ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेले समानुपातिकतर्फ पनि अग्रता लिएको छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल साढे ८१ हजार मत गणना भइसक्दा एमालेले साढे ३३ हजारभन्दा केही बढी मत पाएको छ।

एमाले २५, माओवादी केन्द्र ९, कांग्रेस ६

‘काम हेरेपछिमात्रै वाम गठबन्धनलाई विश्वास’

नेपाली कांग्रेसले ३१ हजारभन्दा केही बढी मत पाएको छ भने माओवादी केन्द्र र उसको चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकाहरुले करिब साढे १३ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ७६८, राष्ट्रिय जनता पार्टी नेपालले ६८४, नयाँ शक्ति पार्टी नेपालले ६०१, विवेकशील साझा पार्टीले ३६९ मत ल्याएका छन्।