एमाले २५, माओवादी केन्द्र ९, कांग्रेस ६

  • 9 डिसेम्बर 2017
माओवादी केन्द्रका देवेन्द्र पौडेल

निर्वाचन आयोगबाट साँझ ६ बजेसम्म प्राप्त विवरण अनुसार पहिलो हुने निर्वाचित हुनेतर्फ नेकपा एमालेले २५ स्थान जितेको छ भने माओवादी केन्द्रले ९ स्थानमा विजय हासिल गरेको छ।

नेपाली कांग्रेसले ६ स्थानमा विजय हासिल गरेको छ । १ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

काठमाण्डू-२ बाट एमालेका माधवकुमार नेपाल विजयी भएका छन्।

दोलखा-१ बाट एमालेकै पार्वत गुरुङ निर्वाचित भएका छन्।

सप्तरी-२ बाट संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव विजयी भएका छन्।

कास्की-२ मा नेकपा एमालेका रवीन्द्र अधिकारी विजयी भएका छन्।

बागलुङ-२ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन्।

अग्रता

पछिल्लो मतगणना परिणाम अनुसार नेकपा एमाले ७९ स्थानमा अगाडि देखिएको छ भने माओवादी केन्द्रले ३३ स्थानमा अगाडि छ।

नेपाली कांग्रेस चाहिँ २६ स्थानमा अगाडि देखिएको छ भने संघीय समाजवादी फोरम ९ स्थानमा अगाडि छ।