एमाले २९, माओवादी केन्द्र १२, कांग्रेस ६

  • 9 डिसेम्बर 2017
जुम्लामा विजय जुलुस

निर्वाचन आयोगको विवरण अनुसार प्रतिनिधिसभाको पहिलो हुनेले जित्ने निर्वाचन प्रणालीमा शनिबार राति १० बजेसम्ममा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ।

नेकपा एमालेले २९ स्थानमा जितेको छ भने माओवादी केन्द्रले १२ स्थानमा विजय हासिल गरेको छ।

नेपाली कांग्रेसले ६ र संघीय समाजवादी फोरम नेपालले २ स्थानमा जितेका छन्।

गोरखा-२ बाट नयाँ शक्ति पार्टी नेपालका बाबुराम भट्टराई विजयी भएका छन्।

गुल्मी-२ बाट नेकपा एमालेका गोकर्ण विष्टले जितेका छन्।

दाङ-२ मा माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका छन्।

राष्ट्रिय जनता पार्टी नेपालले एक स्थानमा जितेको छ भने अन्य दलले दुई स्थानमा जितेका छन्।

अग्रता

मतगणना जारी रहेका स्थानमा नेकपा एमाले ५१ वटामा र माओवादी केन्द्र २३ स्थानमा अगाडि छन्।

नेपाली कांग्रेस १७ स्थानमा अगाडि छ।

संघीय समाजवादी फोरम नेपाल ८ स्थानमा अगाडि देखिएको छ।

राजपा नेपाल पनि ८ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले उल्लेख गरेको छ।