मतगणनाः नेकपा एमालेको अग्रता जारी

  • 10 डिसेम्बर 2017
मतगणना

प्रतिनिधि तथा प्रदेश सभा चुनावको मतगणना आइरहँदा वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेको अग्रता जारी छ।

वाम गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्र दोस्रो स्थानमा छ भने सत्तारुढ नेपाली कांग्रेसले तेस्रो स्थानमै चित्त बुझाउनुपरेको छ।

कांग्रेसका नेताहरुका अनुसार पार्टीले अपेक्षित परिणाम ल्याउन नसकिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरामा विजयी भएको हाम्रा संवाददाता उमीद वागचन्दले बताएका छन्।

उनले माओवादी केन्द्रका खगराज भट्टलाई पराजित गरेका हुन्।

परिणाम 'अनपेक्षित' भएको प्रतिक्रिया

‘काम हेरेपछिमात्रै वाम गठबन्धनलाई विश्वास’

औपचारिक

कांग्रेसका मीनेन्द्र रिजाल मोरङ-२ बाट विजयी भएका छन्।

पछिल्लो नतिजा अनुसार एमाले नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल इलाम-१ बाट विजयी भएका छन्।

त्यसको औपचारिक घोषणा गर्न बाँकी रहेको मतगणना स्थलमा रहेकी हाम्री संवाददाता सीता निरौलाले बताएकी छन्।

इलाम-२ बाट एमालेकै अर्का नेता एवं पूर्व सभामुख सुवास नेम्वाङ विजयी भएका छन्।

मकवानपुर-१ मा एमालेका कृष्ण दाहालले राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापालाई पराजित गरेका छन्।

बाँकी

कास्की-१ बाट एमालेका खगराज अधिकारी विजयी भएको हाम्रा संवाददाता नारायण कार्कीले बताएका छन्।

रुपन्देही-३ बाट एमालेकै घनश्याम भुषाल विजयी भएको हाम्रा संवाददाता माधव नेपालले बताएका छन्।

त्यस्तै भक्तपुर-२ बाट सोही पार्टीका महेश बस्नेत विजयी भएका छन्।

कांग्रेसका चिनकाजी श्रेष्ठलाई हराउँदै गोरखा-१ मा माओवादी केन्द्रका हरिकुमार अधिकारी विजयी भएको हाम्रा संवाददाता ईश्वर जोशीले बताएका छन्।

मोरङ-४ बाट माओवादी केन्द्रका अमनलाल मोदी विजयी भएका छन्।