एमाले ४१, माओवादी केन्द्र १४, कांग्रेस ९

  • 10 डिसेम्बर 2017
मतगणना

निर्वाचन आयोगको विवरण अनुसार प्रतिनिधि सभाको पहिलो हुनेले जित्ने निर्वाचन प्रणालीमा आइतवार बिहान साढे ८ बजेसम्ममा नेकपा एमालेले अग्रता कायमै राखेको छ।

नेकपा एमालेले ४१ स्थानमा जितेको छ भने माओवादी केन्द्रले १४ स्थानमा विजय हासिल गरेको आयोगले जनाएको छ।

नौ वटा सीटमा जित हासिल गर्दै नेपाली कांग्रेस तेस्रो स्थानमा रहेको छ।

संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले समान तीन/तीन स्थानमा जित हासिल गरेका छन्।

परिणाम 'अनपेक्षित' भएको प्रतिक्रिया

‘काम हेरेपछिमात्रै वाम गठबन्धनलाई विश्वास’

अग्रता

अन्य दलले दुई स्थानमा जित हात पारेको आयोगले जनाएको छ।

मतगणना जारी रहेका स्थानमा नेकपा एमाले ३८ वटामा र माओवादी केन्द्र २० स्थानमा अगाडि छन्।

नेपाली कांग्रेस १३ स्थानमा अगाडि छ।

आयोगका अनुसार राजपा नेपाल ९ स्थानमा अगाडि छ।

संघीय समाजवादी फोरम नेपाल ७ स्थानमा अगाडि देखिएको छ।

अन्य दल ३ स्थानमा अगाडि रहेको आयोगले उल्लेख गरेको छ।

परिणाम

कांग्रेसका नेताहरुका अनुसार पार्टीले अपेक्षित परिणाम ल्याउन नसकिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरामा विजयी भएको हाम्रा संवाददाता उमीद वागचन्दले बताएका छन्।

उनले माओवादी केन्द्रका खगराज भट्टलाई पराजित गरेका हुन्।

कास्की-१ बाट एमालेका खगराज अधिकारी विजयी भएको हाम्रा संवाददाता नारायण कार्कीले बताएका छन्।

रुपन्देही-३ बाट एमालेकै घनश्याम भुषाल विजयी भएको हाम्रा संवाददाता माधव नेपालले बताएका छन्।

त्यस्तै भक्तपुर-२ बाट सोही पार्टीका महेश बस्नेत विजयी भएका छन्।

कांग्रेसका चिनकाजी श्रेष्ठलाई हराउँदै गोरखा-१ मा माओवादी केन्द्रका हरिकुमार अधिकारी विजयी भएको हाम्रा संवाददाता ईश्वर जोशीले बताएका छन्।