समानुपातिक मतः कुन दलको कति?

  • 10 डिसेम्बर 2017
मतगणना

निर्वाचन आयोगले उपलब्ध गराएको आइतवार बिहान १० बजेसम्मको परिणाम अनुसार नेकपा एमाले र नेपाली कांग्रेस समानुपातिकतर्फ सँगसँगै जस्तो देखिएका छन्।

प्रतिनिधि सभाको समानुपातिकतर्फ १ लाख ९२ हजार ४३५ मत गणना भइसक्दा एमालेले ७५ हजार ४ सय मत पाएको छ।

एमालेपछि सत्तारुढ नेपाली कांग्रेसले ७१ हजार ३ सय मत पाएको आयोगले जनाएको छ।

माओवादी केन्द्र र उसको चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकाहरुले ३० हजार ३६२ मत पाएको छन्।

एमाले ४१, माओवादी केन्द्र १४, कांग्रेस ९

परिणाम 'अनपेक्षित' भएको प्रतिक्रिया

नयाँ शक्ति पार्टी नेपालले ५ हजार २५१ र राजपा नेपालले ३ हजार ४८५ मत पाएका छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४ सय र विवेकशील साझा पार्टीले ८५८ मत ल्याएको आयोगले जनाएको छ।