प्रदेशसभामा पनि एमाले अगाडि

  • 10 डिसेम्बर 2017
मत गणना

सात प्रदेशमध्ये दुई नम्बर बाहेक अन्यमा एमाले प्रदेशसभामा पनि पहिलो हुनेले जित्ने अर्थात प्रत्यक्ष प्रणालीतर्फ अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ।

आइतबार दिउँसो ४ बजेसम्मको मतगणना अनुसार उसले सबै प्रदेशमा गरी १०६ स्थानमा जित हात पारेको छ भने ५० वटामा अग्रता कायम राखेको छ।

वाम गठबन्धनकै अर्को दल माओवादी केन्द्रले ४७ वटामा जितेको छ र २५ मा उसको अग्रता छ।

नेपाली कांग्रेसले २४ मा जित र १६ मा अग्रता हासिल गरेको छ।

प्रदेश २ मा संघीय समाजवादी फोरम नेपाल सबैभन्दा अघि छ।

अग्रता

उसले ९ वटामा जित र ९ वटैमा अग्रता लिएको छ।

उक्त दलले प्रदेश १ र ५ मा गरी ३ स्थानमा जित र एक स्थानमा अग्रता लिएको छ।

राष्ट्रिय जनता पार्टी नेपालले भने ३ स्थानमा जित र ९ स्थानमा अग्रता कायम गरेको छ।

एमालेले प्रदेश २ को प्रदेशसभामा ५ स्थानमा जित र ६ स्थानमा अग्रता लिएको छ।

प्रदेशसभातर्फ देशभर पहिलो हुनेले जित्ने प्रणालीतर्फ ३३० जना प्रतिनिधि चुनिनेछन्।