भारतकी बाँध बनाउने हजुरआमा

भारतकी बाँध बनाउने हजुरआमा

अमला रुइयालाई भेटदा उनी सामान्य लाग्दछिन्।

तर ७१ वर्षकी मुम्बईकी यी हजुरआमा संसारमै सबैभन्दा बढी बाँध बनाउने व्यक्तिहरुमध्ये पर्दछिन् र सुख्खा विरुद्ध भारतको लडाईंको अग्रपंक्तिमा पनि।

भारतको सबैभन्दा ठूलो राज्य राजस्थान सबैभन्दा सुख्खा राज्यहरुमध्ये एक हो।

त्यहाँ अमला रुइया र उनको आकार कल्याणकारी ट्रष्टले काम गरिरहेका छन्।

गएको १० वर्षमा उनीहरुले २०० भन्दा बढी चेकड्यामहरु बनाएका छन्, जसले १०० भन्दा बढी गाउँहरुको जनजीविकामा सुधार ल्याइदिएका छन् भने २०० अन्य गाउँहरु पनि लाभान्वित भएका छन्।

बीबीसी रिपोर्ट (भिडिओ)