एमाले ७९, माओवादी केन्द्र ३६, कांग्रेस २२

  • 12 डिसेम्बर 2017
तराईमा विजय जुलुस
Image caption प्रदेश नम्बर दुईका कैयौं स्थानमा तराई केन्द्रित दलहरुको गठबन्धनले जित हासिल गरेको छ

प्रतिनिधिसभाको पहिलो हुनेले जित्ने प्रत्यक्ष अन्तर्गतको १६५ सीटमध्ये १६२ को परिणाम आइसक्दा नेकपा एमालेले ७८ सीट जितिसकेको छ।

बाँकी तीन सीटको मतगणनामा तीनै सीटमा एमालेनै अगाडि रहेको निर्वाचन आयोगको पछिल्लो आँकडाले देखाउँछ।

दोस्रो स्थानमा ३६ सीटका साथ वाम गठबन्धनकै माओवादी केन्द्र रहेको छ भने नेपाली कांग्रेस २२ सीटका साथ तेस्रो स्थानमा छ।

तराईकेन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी नेपालले ११ स्थान अनि संघीय समाजवादी फोरमले १० स्थान जितेका छन्।

पछाडि

अन्य दलका उम्मेदवार ५ स्थानमा विजयी भएका छन्।

समानुपातिकतर्फ साँझ राती १० बजेसम्म ४४ लाखभन्दा केही बढी मत गनिंदा एमाले झण्डै १६ लाख मत सहित अग्रस्थानमा छ भने कांग्रेस उ भन्दा झण्डै १ लाख मतले पछाडि छ।

माओवादी केन्द्र साढे ६ लाख जति मतका साथ तेस्रो स्थानमा छ।