मे महत्वपूर्ण 'ब्रेक्जिट' विधेयकमा विफल

  • 14 डिसेम्बर 2017
ब्रेक्जिट विधेयक

ब्रिटेनमा ब्रेक्जिट विधेयक सम्बन्धी महत्वपूर्ण मतदानमा सत्तारुढ कन्जरभेटिभ पार्टीका ११ सांसदहरुले विद्रोह गरेपछि झिनो मतले उक्त विधेयक पराजित भएको छ।

प्रधानमन्त्री टरिजा मेलाई धक्का दिँदै सांसदहरुले ब्रसल्ससँग हुने ब्रेक्जिट संझौताको कानूनी ग्यारेन्टी संसदमा राख्न मतदान गरेका छन्।

सरकारले त्यस्तो व्यवस्थाले ब्रिटेन इयूबाट सजिलोसँग बाहिर निस्कने प्रक्रियालाई समस्यामा पार्न सक्ने तर्क गरेको थियो।

विद्रोही सांसदहरुलाई सहुलियत दिन अन्तिम समयतिर प्रयत्न गरिएपनि संशोधनका पक्षमा ३०५ का विरुद्ध ३०९ मत परेको थियो।

पूर्व मन्त्री

मन्त्रीहरुले यो "सानो धक्का"ले सन २०१९ मा इयूबाट ब्रिटेन बाहिरिने कुरा नरोकिने बताएका छन्।

सरकार विरुद्ध मतदान गर्नेमा आठ जना पूर्व मन्त्रीहरु पनि छन्।

लेबर पार्टीका नेता जेरेमी कोर्बिनले इयू शिखर सम्मेलन हुनु अघिल्लो साँझ भएको हारका कारण "अपमानजनक रुपमा प्रधानमन्त्री मेको अधिकार क्षय" भएको बताए।

सन २०१९ मार्चमा इयूबाट बाहरिनु अघि अरु मुलुकसँग ब्रिटेनको सम्बन्धबारे अहिले विभिन्न संझौताहरु भइरहेका छन्।

विधेयक सरकारको इयूबाट बाहिरिने रणनीतिको मुख्य अंश थियो।

सांसदहरुले विधेयकका शब्द-शब्द परिवर्तन गर्न सयौंपटक प्रयत्न गरिसकेका छन्।

पहिलोपटक एउटा त्यस्तै प्रयत्न सफल भएको छ।

सरकार सांसदहरुको चाहना अनुसार चलेन भने उसले पुन: अर्को विधेयक पारित गर्नुपर्ने हुन सक्छ।