वामदेव गौतमसंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'एकीकृत पार्टीमा सामूहिक नेतृत्व'

  • 16 डिसेम्बर 2017

नेकपा एमालेका एकजना उपाध्यक्ष वामदेव गौतमले उनको दल र माओवादी केन्द्रबीच एकता भएपछि बन्ने पार्टी 'सामूहिक' नेतृत्वमा चल्ने बताएका छन्।

एक जनामात्रै अध्यक्ष रहने र उनी पार्टीको सर्वोच्च नेता हुने तर ती नेता सामूहिक निर्णयको आधारमा मात्रै चल्न पाउने गौतमले बीबीसीसँग बताए।

उनले प्रधानमन्त्री को हुने भन्ने निर्णय गर्न बाँकी रहेको तर पार्टी अध्यक्ष केपी ओलीले नै सरकारको नेतृत्व गर्ने सम्भावना रहेको पनि बताए।

तर वाम गठबन्धनका दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भइसकेको उनले जनाए।

बर्दिया क्षेत्र नं. १ बाट प्रतिनिधिसभा चुनावमा सानो अन्तरले पराजित गौतमले आफ्नो पराजयबारे छानबिन गर्न माग गरेको पनि बताए।

सम्बन्धित सामग्री