'सू चीकै स्वीकृतिमा रोहिंज्यामाथि दमन'

  • 18 डिसेम्बर 2017
सू ची तस्वीर कपीराइट EPA

संयुक्त राष्ट्रसंघको मानवअधिकार निकायका प्रमुखले म्यानमारकी नेतृ आङ साङ सू चीले त्यहाँका अल्पसंख्यक रोहिंज्या मुसलमानहरुमाथि दमन गर्न स्वीकृति दिएको आफूलाई लागेको बताएका छन्।

सैन्य कारबाहीले हजारौंको ज्यान गएको र लाखौं मानिसहरु विस्थापित बनाएकोले उक्त निर्णय उच्च स्तरमा लिइएको हुनसक्नेमा जेड राड अल हुसेनले जोड दिएका छन्।

उनले आफूले सू चीसँग हिंसा तीब्र रुपमा फैलनुअघि नै गएको अगष्टमा रोहिंज्याविरुद्ध सैन्य कारबाही अन्त्य गर्न कुरा गरेको बताए।

उनले म्यानमारका नेताहरुले आम नरसंहारको अभियोग खेप्नसक्ने पनि चेतावनी दिएका छन्।

आह्वान

नरसंहारको कार्य भएको हो कि होइन भन्ने निधो गर्ने काम हुसेनको होइन, त्यो अदालतले मात्रै गर्नसक्छ।

तर उनी संयुक्त राष्ट्रसंघको विश्वभरीका लागि मानव अधिकारका प्रमुख भएकाले उनको धारणाले महत्व राख्ने एक जना बीबीसी संवाददाता बताउँछन्।

किन आए म्यानमारका सेना प्रमुख नेपाल?

रोहिंज्या संकटः राष्ट्रसंघमाथि प्रश्न

उनले रोहिंज्या मुसलमानहरुमाथि 'स्तब्ध बनाउने गरी निर्मम हमला' भएको भन्दै त्यसबारे अन्तर्राष्ट्रिय रुपमा फौजदारी अनुसन्धानको आह्वान गरेका छन्।

तस्वीर कपीराइट Reuters

अस्वीकार

खासगरी म्यानमारको रखाइन क्षेत्रका मुसलमान समुदायमाथि त्यहाँको सेनाले कारबाही चलाएको थियो।

नोबल शान्ति पुरस्कार विजेता सू चीले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरिन्।

डिसेम्बरको शुरुसम्ममा म्यानमारको जनसंख्याको एक तिहाइ अर्थात झण्डै ६ लाख ५० हजार रोहिंज्या मुसलमानहरुले देश छोडेर भागिसकेका छन्।

अगष्टको अन्त्यमा सेनाको नेतृत्वमा श्रृंखलाबद्ध रुपमा आक्रमण हुन थालेपछि उनीहरुले म्यानमार छोड्न थालेका हुन्।

हजारौं मानिसहरु मारिएका र सयौं घरहरु जलाइएको खबरहरु आएका छन्।

सम्बन्धित सामग्री