'हामी बोल्न सक्छौं'
'हामी बोल्न सक्छौं'
डा. विशाल रावले भारतमा घाँटीको क्यान्सरका बिरामीहरुको जीवन बदलीरहेका छन्।
भारतभरि वर्षेनी घाँटीको क्यान्सरबाट पीडित झण्डै ३०,००० नयाँ बिरामीहरु फेला पर्दछन्।
रोग अन्तिम चरणमा पुगेपछि घाँटीबाट आवाजआउने अंग हटाउनुपर्ने हुन्छ, जसले गर्दा बिरामीको आवाज हराउँछ।
आवाज निकाल्ने कृत्रिम बक्सको मूल्य झण्डै एकलाख रुपियाँजति पर्दछ, जुन धेरैजसो बिरामीहरुले किन्न सक्दैनन्।
तर बेंग्लोरस्थित हेल्थकेयर ग्लोबलमा अर्बुदरोगका शल्यचिकित्सक डा. रावले विकास गरेको ओम भ्वाइस बक्सलाई एकसय रुपियाँ मात्रै पर्छ।
बीबीसी रिपोर्ट (भिडिओ)