घट्दै सेनाको आकर्षण
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

घट्दै सेनाप्रतिको आकर्षण

  • 20 डिसेम्बर 2017

गोर्खा सैनिक परिवारका नयाँ पुस्ताका युवायुवतीहरुले ब्रिटेनमा उच्च शिक्षाको अवसर पाएका छन्।

उनीहरु परंपरागतरुपमा सेनामा भर्ती हुनुभन्दा विभिन्न पेशा र व्यवसाय अँगाल्न थालेका छन्।

कम्तीमा चार वर्ष आफ्नो सेनामा काम गरेका गोर्खा सैनिकहरुलाई आफ्नो मुलुकमा बसोबास गर्न दिने ब्रिटिश सरकारको सन् २००९ को निर्णय पछि अहिले हजारौं गोर्खा सैनिक परिवारहरु बेलायतमा बसोबास गरिरहेका छन्।

नेपालमा गोर्खा सैनिक भर्तीप्रतिको आकर्षण कायमै रहँदा ब्रिटेनमै भने थुप्रै अवसरहरु पाइरहेका भूतपूर्व गोर्खा सैनिककै छोराछोरीहरुकालागि सेनाको जागीर पहिलो प्राथमिकतामा देखिंदैन।

भगीरथ योगीको रिपोर्ट (भिडिओ)

सम्बन्धित सामग्री