मोसुलमा क्रिसमस
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मोसुलमा क्रिसमस

  • 25 डिसेम्बर 2017

इराकका प्रधानमन्त्री हैदर अल अबादीले डिसेम्बर महिनाको शुरुमा इस्लामिक स्टेट समूहविरुद्धको लडाइँ अन्त्य भएको औपचारिक घोषणा गरेका थिए।

इस्लामिक स्टेटको नियन्त्रणमा रहेका अन्तिम भू-भागहरुमाथि इराकी सेनाले पुन: नियन्त्रण कायम गरेको उनले बताएका थिए।

इस्लामिक स्टेटले सिरिया र इराकका ठूलो भूभाग सन् २०१४ मा कब्जामा लिएको थियो।

त्यसबेला उसले ती क्षेत्रलाई आफ्नो छुट्टै राज्य 'क्यालिफेट' घोषणा गरी १ करोडभन्दा बढी मानिसमाथि शासन चलाएको थियो।

मोसुल शहरबाट इस्लामिक स्टेट लडाकुहरुलाई धपाइएपछि त्यहाँमा इसाई धर्मावलम्वीहरुले उत्साहपूर्वक क्रिसमस चाड मनाएका छन्। बीबीसी रिपोर्ट (भिडिओ)

सम्बन्धित सामग्री