छाउगोठ भत्काउने अभियानमा तीव्रता

अदालतले २०६३ सालमै छाउपडीलाई कुप्रथा भन्दै हटाउन आदेश दिए पनि बल्ल सुदूरपश्चिमका कतिपय गाउँमा छाउघर भत्काउने अभियानले तीव्रता पाउन थालेको छ।

छाउघर
तस्बिरको क्याप्शन,

सुदूरपश्चिममा महिनावारी हुँदा त्यसलाई ‍देउतासँग जोडेर पाप र धर्मको दृष्टिकोणले छाउ बार्ने चलन रहँदै आएको छ।

तस्बिरको क्याप्शन,

महिनावारी बार्ने क्रममा किशोरी तथा महिलाहरुलाई यस्तो खालको घाम नछिर्ने घरमा राखिन्छ।

तस्बिरको क्याप्शन,

सर्वोच्च अदालतले २०६३ सालमै छाउपडीलाई कुप्रथा मान्दै त्यसलाई निर्मूल पार्न आदेश दिएको भए पनि कतिपय शिक्षित र सम्पन्न घरमै पनि महिलाहरु छाउगोठमा बस्न बाध्य छन्।

तस्बिरको क्याप्शन,

यस्ता छाउगोठमा बस्दा खासगरी अछाम लगायत सूदुरपश्चिमका जिल्लामा धेरै किशोरीहरुको ज्यान समेत गएको समाचारहरु आएका थिए।

तस्बिरको क्याप्शन,

छाउप्रथा अन्त्यका लागि समय लाग्ने देखिए पनि गाउँघरमा भने छाउपडीविरुद्ध बिस्तारै आवाज उठ्न थालेका छन्।

तस्बिरको क्याप्शन,

कतिपय ठाउँमा छाउप्रथाविरुद्धको जनचेतना बढाउन स्थानीय महिला जनप्रतिनिधिहरू सक्रिय भएका छन् भने त्यसबारे कानूनी सचेतनाबारे प्रहरीले गाउँलेलाई जानकारी दिइरहेका छन्।

तस्बिरको क्याप्शन,

गाउँघरमा मात्रै होइन वडा अध्यक्षहरुको सहभागितामा महिनावारी हुँदा छाउघरमा बसे कस्तो शारिरीक तथा मानसिक असर पर्छ भन्नेबारे विद्यालयमा पनि जनचेतना फैलाउने कामहरु भइरहेका छन्।

तस्बिरको क्याप्शन,

छाउपडीविरुद्धको अभियानकै क्रममा बेतकोट नगरपालिकाले दुईवटा वडालाई छाउगोठमुक्त गाउँ भनी घोषणा गरेको छ।