क्षेत्रीय शान्तिका निम्ति विकास: चीन

  • 26 डिसेम्बर 2017
चीन तस्वीर कपीराइट PAkistani Press Information Dept

क्षेत्रीय शान्ति प्रबर्धन गर्न पाकिस्तानको भूमिमा बनाइने कैयौँ अर्ब डलर बराबरको आर्थिक करिडोरको योजनालाई अफगानिस्तानसम्म विस्तार गर्ने विषयमा आफू ईच्छुक भएको चीनले जनाएको छ।

राजधानी बेइजिङमा पाकिस्तान‚ अफगानिस्तान र चीनबीच भएको पहिलो त्रिदेशीय बैठकपछि बोल्दै चिनियाँ विदेशमन्त्री वाङ यी ले सो करिडोर विकासको संवाहक बन्नेमा आफूलाई विश्वास लागेको बताए।

चिनियाँ क्षेत्र सिनजियाङलाई पाकिस्तानसँग जोड्ने उक्त वृहत लगानीको योजनाले विकास निम्त्याउने आशा उनले व्यक्त गरे।

किन गर्‍यो चीनले त्रिदेशीय बैठकको आयोजना?

सो त्रिदेशीय वार्तालाई इस्लामावाद र काबुलबीच बिग्रिएको सम्बन्ध सुधार्ने चिनियाँ प्रयासका रुपमा पनि लिइएको छ।

तालेवान लडाकूहरुलाई सहयोग गर्ने गरेको आरोप पाकिस्तानमाथि अफगानिस्तानले लगाउँदै आएको छ।

पाकिस्तानसँग जोडिएको आर्थिक करिडोर क्षेत्रमा बेइजिङले करिब ५७ अर्ब डलर बराबरको लगानी गर्दैछ।

त्यस अन्तर्गत पाकिस्तानी बन्दरगाह ग्वादरदेखि पश्चिमी चिनियाँ शहर काश्गरसम्म सडक संजालहरु, रेल वे लाईनहरु र पाईपलाईनहरु निर्माण गरिंदै छ।

सम्बन्धित सामग्री