मेयर विद्यासुन्दर शाक्यसंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मेयर विद्यासुन्दर शाक्यसंगको कुराकानी

  • 26 डिसेम्बर 2017

राजधानी काठमाण्डूको केन्द्रमा रहेको पुरातात्विक महत्वको रानीपोखरीको पुनर्निर्माणमा कंक्रिटको प्रयोग भएको र मौलिकता मासिन लागेको भन्दै कतिपय सम्पदाविद्हरुले काठमाण्डूका मेयरको आलोचना गरिरहेका छन्।

मंगलबार उक्त पोखरीमा काठमाण्डूकी उपमेयर सहितको एक समूहले अवलोकन गरेपछि त्यहाँ जारी पुनर्निर्माण कार्य रोक्ने प्रयासमा तालाबन्दी गरिएको थियो।

लगत्तै त्यहाँ पुगेका मेयरले सो तालाबन्दी खोले।

यसै सन्दर्भमा हाम्रा साथी शरद केसीले मेयर शाक्यलाई सम्पर्क गरी “के तपाईंले रानीपोखरीलाई पौडी पोखरी बनाउन लागेको हो?” भनी सोधेका थिए