सन् २०१८ लाई स्वागत
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सन् २०१८ लाई स्वागत

  • 1 जनवरी 2018

संसारका प्रमुख शहरहरुमा आतसवाजी गर्दै इश्वी सन् २०१८ लाई भव्य स्वागत गरिएको छ।

न्यू योर्क शहरमा ठिहिराउने जाडोमा पनि लाखौं मानिसहरुले अँग्रेजी नयाँ वर्षलाई स्वागत गरेका थिए।

लण्डनको ऐतिहासिक बिग बेनले आइतबार मध्यराती १२ बजाउँदा आतसबाजी गरिएको थियो।

दुबईस्थित संसारकै अग्लो बुर्ज खलिफा टावरलाई लेजरमार्फत रंगीबिरंगी प्रकाशले सजाइएको थियो।

अष्ट्रेलियाको सिड्नी हार्वरमा पनि भव्य आतसबाजीसहित नयाँ वर्षको स्वागत गरियो।

नयाँ वर्षलाई उत्साहपूर्वक स्वागत गरेपछि बाँकी वर्ष खुसियालीसंग बित्ने धेरै मानिसहरु विश्वास गर्दछन्।

बीबीसी रिपोर्ट (भिडिओ)