इरानमा विरोध प्रदर्शन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

इरानी सत्तालाई चुनौती

  • 2 जनवरी 2018

इरानमा गत साता शुरु भएको विरोध प्रदर्शन देशभरि फैलँदा त्यसलाई धर्मगुरुहरुले चलाइरहेको सत्ताकालागि एउटा गंभीर चुनौतीको रुपमा हेरिएको छ।

गएको बिहीबारदेखि मशाद शहरबाट यो पछिल्लो विरोध प्रदर्शनको लहर शुरु भएको हो।

विरोध प्रदर्शनहरु शुरु भएयता २० जना भन्दा बढीको ज्यान गैसकेको जनाइएको छ।

भावना

शुरुमा चर्को मूल्यवृद्धि र भ्रष्टाचारको विरोधमा प्रदर्शनहरू भएका थिए, तर अब तिनले सरकार विरोधी भावना समेटिसकेका छन्।

इरानका राष्ट्रपति हसन रुहानीले यी विरोध प्रदर्शनहरूलाई, उनकै शब्दमा, धम्की होइन अवसर भनेका छन्। तर उनले कानुन तोड्नेहरू विरुद्ध कारवाही गरिने चेतावनी पनि दिएका छन्।

उता अमेरिकी राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीहरुलाई दमन नगर्न इरानलाई चेतावनी दिएका छन्।

बीबीसी रिपोर्ट (भिडिओ)