गोली प्रहारपछि अग्रणी सर्ब नेताको मृत्यु

  • 16 जनवरी 2018
ओलिभर इभानोभिच तस्वीर कपीराइट AFP

कोसोभोमा एकजना अग्रणी सर्ब नेता ओलिभर इभानोभिच सर्व नियन्त्रित उत्तरी मिट्रोभिचास्थित उनको पार्टी मुख्यालयबाहिर गोली हानी मारिएका छन्।

नरमपन्थी कोसोभो सर्व नेताका रुपमा हेरिने इभानोभिचलाई छातीमा चारवटा गोली लागेको थियो र उनको पछि अस्पतालमा मृत्यु भएको उनका वकिलले जनाएका छन्।

यसैबीच सर्बियाका राष्ट्रपति एलेक्सान्डर भूचिचले एकजना अग्रणी सर्ब नेताको गोली प्रहार गरिएको हत्याको निन्दा गरेका छन् र सो घटनालाई आतंककारी कार्य तथा सम्पूर्ण सर्बेलियालीहरुमाथिको हमला भनेका छन् ।

सो घटनाको खबर पाएलगत्तै, सर्बेलीयाली सरकारी वार्ताकारहरु ब्रसल्समा यूरोपेली संघको मध्यस्थतामा कोसोभो अल्बानियालीहरुसँग भइरहेको वार्ताबाट बाहिरिएका थिए।

विभाजित

सर्बियाबाट एकपक्षीय रुपमा अलग भएपछि कोसोभो जातीय रुपमा विभाजित रहंदै आएको छ ।

उत्तरी कोसोभोस्थित मिट्रोभिचा विभाजित छ, दक्षिणी भागमा कोसोभो अल्बेनियालीहरुको शासन छ।

६४ वर्षीय इभानोविचले फ्रिडम, डेमोक्रसी, जस्टिश नाम गरेको कोसोभो सर्ब पार्टीको नेतृत्व गर्दथे। उनले नेटो र इयुसंगको वार्तामा अग्रणी भूमिका खेलेका थिएँ

उनले सन् १९९९ मा जातिय अल्बेनियालीहरु विरुद्ध गरेको भनिएका युद्ध अपराधहरुका लागि दोहोर्याएर मुद्दाको सामना गरिरहेका थिए।

इभानोभिचले आफू विरुद्धका सबै आरोपहरु अस्वीकार गरेका थिए।

सन् २०१६ को जनवरीमा कोसोभोस्थित इयुका न्यायाधिशहरुले उनलाई नौ बर्षको जेल सजाय सुनाएका थिए। तर त्यस्तो फैसलालाई एक वर्षपछि पुनरावेदन अदालतले उल्टाइदिएको थियो।

ब्रसल्समा जारी वार्तास्थलबाट बाहिरिने घोषणा गर्दै सर्बीयाली प्रतिनिधि मार्को ड्यूरिचले इभानोभिचमाथि भएको हमलालाई उनकै शब्दमा आपराधिक र आतंकवादी कार्यभन्दै त्यसका लागी जिम्मेवारलाई दण्डको भागी बनाइने भनेका छन्।

सर्बीयाली सरकारले बेलग्रेडमा अभूतपूर्व सुरक्षा बैठक बसेको छ।

सम्बन्धित सामग्री