केप टाउनमा पानी संकट

केप टाउनमा पानी संकट

दक्षिण अफ्रिकाको केप टाउन शहर अहिले गएको सय वर्ष यताकै सबैभन्दा नराम्रो सुख्खाबाट ग्रसित छ।

जलाशयहरुमा पानीको सतह दुई तिहाइले घटेपछि अधिकारीहरुले आउँदो अप्रिल महिनामा पानी वितरण बन्द गरिनसक्ने चेतावनी दिएका छन्।

धाराहरुमा पानी नआउने दिनलाई सांकेतिकरुपमा “शून्य दिन” भनिएको छ।

अधिकारीहरुले सो शहरका झण्डै चालिस लाख वासिन्दालाई पानीको जतिसक्दो हिफाजत गर्न पनि अपील गरेका छन्।

बीबीसी रिपोर्ट (भिडिओ)