धूमपानको जोखिम
धूमपानको जोखिम
ब्रिटिश अनुसन्धानकर्ताहरुले दिनमा एक खिल्ली मात्रै चुरोट पिउने मानिसहरुमा पनि मुटु रोग तथा मस्तिष्काघातको जोखिम उच्च हुने बताएका छन्।
यसअघि चिकित्सकहरुले कतिपय धूमपान गर्ने मानिसहरुलाई चुरोट पिउने मात्रा घटाउँदै लग्न सुझाव दिने गरेका थिए।
तर ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एउटा अध्ययनले निकै कम धूमपान गर्दा पनि स्वास्थ्यसंबन्धी जोखिम उच्च हुने देखाएको छ।
अनुसन्धानकर्ताहरुले धूमपान पुरै त्याग्नु नै स्वास्थ्यकालागि उपयुक्त हुने सुझाव दिएका छन्।
बीबीसी रिपोर्ट (भिडिओ)