दक्षिण कोरिया: आगलागीमा '४० बढीको मृत्यु'

  • 26 जनवरी 2018
दक्षिण कोरिया तस्वीर कपीराइट Reuters

दक्षिण कोरियाको एउटा अस्पतालमा भएको आगलागीमा ४० जना भन्दा बढीको मृत्यु भएको छ।

सो आगलागीमा अन्य दर्जनौं घाइते भएका छन्।

राजधानी सोउलदेखि २७० किलोमिटर दक्षिण-पूर्वमा पर्ने मिर्‍याङ शहरस्थित भवनको एउटा आपतकालीन कक्षबाट शुरु भएको सो आगो निभाउन अग्नी नियन्त्रकहरूले कैयौं घण्टा लागेको थियो।

आगलागीको समयमा उक्त अस्पतालमा झण्डै दुई सय मानिसहरू रहेको ठानिएको छ।

उद्धार

धैरै जना वृद्ध नागरिकहरू त्यसबेला नर्सिङ सेवा उपलब्ध गराउने संगैको अर्को भवनमा थिए।

तस्वीर कपीराइट Reuters

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले सरकारको तत्कालको प्रतिक्रियाबारे एउटा आपतकालीन बैठक आह्वान गरेका थिए।

उनले उद्धार तथा खोजमा सम्पूर्ण श्रोत साधन प्रयोग गरेर जीवन रक्षा गर्न निर्देशन दिए।

यो दक्षिण कोरियामा एक महिना भन्दा अलि बढी समयको अन्तरालमा भएको दोस्रो ठूलो आगलागीको घटना हो।

डिसेम्बरमा एउटा 'फिटनेश सेन्टर'मा आगलागी हुँदा २९ जनाको ज्यान गएको थियो।

सम्बन्धित सामग्री