'साढे दुई लाखभन्दा बढी सिरियाली विस्थापित'

  • 31 जनवरी 2018
सिरिया तस्वीर कपीराइट AFP

संयुक्त राष्ट्रसंघले भनेको छ, सिरिया सरकारले नयाँ आक्रमणहरू थालेपछि गत डिसेम्बरयता मात्रै साढे दुई लाखभन्दा बढी सिरियालीहरू देशको उत्तर-पश्चिमी क्षेत्रबाट अन्यत्र सरेका छन्।

विस्थापितमध्ये धेरैजसो परिवारहरू अस्थायी पालमा चिसो र सुक्खा हिउँदमा बाँचिरहेका छन्।

सिरिया: पूर्वी गुटामा क्लोरिन ग्यास हमला

११ देशका शरणार्थीमाथिको प्रतिबन्ध फुकुवा

राष्ट्रसंघको सहायता निकायकी वरिष्ठ अधिकारी अर्स्युला मुलरले भनिन्, "दक्षिणी इड्लिब र उत्तरी हामामा गत डिसेम्बर १५ यता भएको हवाई हमला र लडाइँका कारण २ लाख ७० हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन्।"

आक्रमणका कारण मानिसहरू इड्लिबस्थित आफ्नो घर छोडेर अन्यत्र जान बाध्य भएका छन्।

चासो

उनले सिरियाका अन्य भागमा स्थानीय निकायले अवरोध पुर्‍याउँदा सहायता सामग्री द्वन्द्वग्रस्त क्षेत्रमा पुग्न नसकेकोबारे पनि चासो व्यक्त गरिन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
किन टर्कीका सेना सिरिया पसे?

उनले डिसेम्बर १५ यता इड्लिबमा मात्रै कम्तीमा १६ अस्पताल र क्लिनिकहरूमाथि हमला भएको बताइन्।

हमलाका कारण विस्थापितहरूका लागि बनाइएको शिविरमा क्षमताभन्दा बढी मानिसहरू बसिरहेका छन्।

सिरियाली फौजले गत वर्षको अन्त्यमा रूसी सेनाको सहयोगमा आक्रमणहरू थालेका थिए।

टर्कीका सेनाले पनि उत्तरी सिरियामा कारबाही थालेपछि त्यसले व्यापक अन्तर्राष्ट्रिय प्रतिक्रिया निम्त्याएको थियो।

गृहयुद्ध शुरु भएको सात वर्षपछि सरकारको नियन्त्रणबाट पूर्ण बाहिर गएको यो अन्तिम प्रान्त हो।

सम्बन्धित सामग्री