प्रदेश सभाको पहिलो बैठक हेटौडामा

  • 1 फेब्रुअरी 2018
प्रदेश

प्रदेश नं. ३ को पहिलो प्रदेश सभा बैठक मकवानपुरको हेटौडामा अघि दिउँसो १ बजेबाट शुरू भएको छ।

पहिलो बैठकमा सात दलका एक/एकजना र स्वतन्त्र एक सदस्यलाई बोल्न दिइने प्रदेश सभा सचिवालयका सचिव रोजनाथ पाण्डेले बताए।

त्यहाँको प्रदेश सभामा १ सय १० जना सदस्य छन्।

सभामुख निर्वाचित नहुञ्जेल सबैभन्दा ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्नुपर्ने व्यवस्था छ।

प्रदेशहरुलाई बिहीवार 'थप खर्च पठाइने'

सभामुख

जसअनुसार नेकपा एमालेका ७२ वर्षीय सदस्य डोरमणि पौडेलले बैठकको अध्यक्षता गरेको सचिवालयले जनाएको छ।

उनले प्रदेश प्रमुख अनुराधा कोइरालाले पहिलो बैठक बोलाएको पत्र पढेर सुनाउनेछन्।

सचिवालयका सचिव पाण्डेले भने, "आजको बैठकले सभामुख चयनका लागि मिति पनि तोक्नेछ।"

सुरक्षा

बैठकले प्रदेश सभा बैठकबारे अन्तरिम कार्यविधि पनि पारित गर्ने कार्यक्रम छ।

पहिलो बैठकलाई मध्यनजर गर्दै हेटौडाको सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरूले बताएका छन्।

बैठकस्थलमा बम निष्क्रिय पार्ने टोलीका सदस्यसहित ३५ जना सुरक्षाकर्मी तैनाथ गरिएका छन्।

बैठकका लागि मर्यादापालकसहित ४० जना कर्मचारी खटिएको प्रदेश सभा सचिवालयले जनाएको छ।