नेपाल अमेरिकाको कति प्राथमिकतामा?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाल अमेरिकाको कति प्राथमिकतामा?

  • 2 फेब्रुअरी 2018

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने संयुक्त राज्य अमेरिकाकी प्रमुख उपसहायक विदेश मन्त्री एलिस जी. वेल्सले उनको मुलुकले नेपालसंगको संबन्धलाई निकै महत्व दिएको बताएकी छन्।

उनले गत वर्ष अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन मार्फत दिएको ५० करोड डलर बराबरको सहायता त्यसको उदाहरण भएको बताइन्।

उनले ट्रम्प प्रशासन नेपालमा वाम गठबन्धनको नेतृत्वमा बन्ने अपेक्षा गरिएको नयाँ सरकारसंग काम गर्न इच्छुक रहेको पनि बताइन्।

बीबीसी विश्वसेवाको लण्डनस्थित मुख्यालयमा हाम्रा साथी भगीरथ योगीले श्रीमती वेल्ससंग कुराकानी गरेका थिए।

हेर्नोस उक्त कुराकानीको सम्पादित अंश (भिडिओ)