सर्वोच्चको आदेशको वैधानिकतामाथि प्रश्न

  • 2 फेब्रुअरी 2018
नाशीद तस्वीर कपीराइट AFP/GETTY

मालदिभ्सका महान्यायाधिवक्ताले विपक्षी दलका प्रमुख नेतालाई रिहा गर्न त्यहाँको सर्वोच्च अदालतले दिएको आदेशको वैधानिकतामाथि प्रश्न उठाएका छन्।

संसद्‌मा विपक्षीको बहुमत पुनर्स्थापित गर्ने अदालतको आदेशपछि राष्ट्रपति अब्दुल्ला यामीनको राजीनामा माग गरिएको छ।

शुक्रबार मालेका सडकहरुमा विपक्षी कार्यकर्ता र प्रहरीबीच लगातार झडपहरु भएका समाचारहरु आएका छन्।

राष्ट्रिय झण्डा फहराउँदै सयौं मानिस खुशी मनाउन सडकमा उत्रिएका थिए।

रद्द

तर प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको थियो। प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए।

जलवायु परिवर्तनविरुद्धका एकजना चर्चित अभियानकर्ता तथा पूर्व राष्ट्रपति मोहम्मद नाशीदलाई सन् २०१५ मा आतंकवादको अभियोग लगाउँदै १३ वर्ष जेल सजाय सुनाइएको थियो।

बिहीवार सर्वोच्च अदालतले उक्त आदेश राजनीतिक रुपमा पूर्वाग्रही रहेको ठहर गरेको थियो।

राजनीतिक बन्दीहरूलाई रिहा गर्न आदेश

उसले १२ जनाको सांसद पद खारेज गर्ने निर्णय पनि रद्द गरिदिएको छ।

उनीहरुको पुनर्वहालीपछि संसद्‌मा विपक्षीको बहुमत पुग्छ।

तस्वीर कपीराइट AFP
Image caption सर्वोच्चको आदेशको समर्थनमा प्रदर्शन समेत भएको छ

बर्खास्त

राष्ट्रपति यमीनका एकजना प्रवक्ताले अदालतले सरकारको धारणा राम्ररी सुन्न नसकेको बताए।

विपक्षी दलका एकजना प्रवक्ताले आदेश लागू नहुँदासम्म प्रदर्शन जारी राख्न आह्वान गरेका छन्।

माल्दिभ्सले नाशीदलाई किन दियो छुट्टी?

महान्यायधिवक्ता महोम्मद अनिलले पछिल्लो घटनापछि प्रहरीका एक उच्चअधिकारीलाई बर्खास्त गरिएको जनाएका छन्।

उनले विपक्षी नेताहरुको रिहाइमाथि पनि कानूनी प्रश्न उठाएका छन्।

विपक्षी नेता नाशीदले बीबीसीसँग कुरा गर्दै आफू वर्तमान राष्ट्रपति अब्दुल्लाह यामीनविरुद्ध चुनाव लड्न निर्वासनबाट स्वदेश फर्कने बताएका छन्।

सम्बन्धित सामग्री