'देशभक्ति गीतको व्यङ्ग्यात्मक नक्कलमा रोक'

  • 3 फेब्रुअरी 2018
चीन तस्वीर कपीराइट Getty Images

चीनका अधिकारीहरुले देशभक्तिका गानहरूको व्यङ्ग्यात्मक नक्कलमा प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्।

चीनको संस्कृति मन्त्रालयले भनेको छ- वेबसाइटहरुले इतिहास र प्राचीन कलाकृतिहरुप्रति सम्मान गर्नैपर्छ।

मन्त्रालयले अहिलेसम्म देशभित्र सञ्चालित १७ अनलाइन माध्यमहरुलाई झण्डै ४ हजार भिडिओ दृश्य तथा १ सय ५० भन्दा बढी त्यस्ता गीतहरु हटाउन आदेश दिएको छ।

चीन: १२ उच्चअधिकारी निष्कासित

चिनियाँ परिवारबारे पाँच तथ्य

चीनको सान्डोंग प्रान्तमा शिक्षकहरुको एक समूहले एउटा देशभक्ति गीतमा आफ्नै शब्दहरु थपेर गाएको भिडिओ सार्वजनिक भएको थियो।

गुनासो

त्यसपछि नागरिकहरुले गरेका गुनासोको प्रतिक्रियास्वरुप पछिल्लो कदम चालिएको चिनियाँ अधिकारीहरु बताउँछन्।

यस्तै एउटा टेलिभिजन कार्यक्रममा विद्यार्थीहरुले एक समूहले व्यङ्ग्यात्मक बनाउनका लागि अप्ठ्यारो देखिने गरी एक पुरानो देशभक्तिको गान गाएपछि सो विषय हालैको विवाद केन्द्रमा रह्यो।

सो गानले खासमा दोस्रो चीन-जापान युद्धमा चीनले गरेका बलिदानको चर्चा गरेको बताइएको छ।

बीबीसीकी एसिया प्रशान्त सम्पादक सेलिया ह्याटन भन्छिन्- चीनमा केहीले त्यस्तो व्यङ्ग्यको प्रशंसा गरेका छन् भने अरूले युद्धकालीन गानको मजाक बनाइएको टिप्पणी गरेका छन्।

सम्बन्धित सामग्री