विकासशील देशको शिक्षामा लगानी बढाउने घोषणा

  • 4 फेब्रुअरी 2018
सेनेगल तस्वीर कपीराइट Reuters

सेनेगलको राजधानी डाकारमा जम्मा भएका दाताहरुले विकासशील देशमा शिक्षाका लागि २ अर्ब ३० करोड डलर सहायता उपलब्ध गराउने घोषणा गरेका छन्।

विकासशील देशहरुले पनि सार्वजनिक शिक्षामा आफ्ना तर्फबाट लगानी बढाउने वाचा गरेका छन्।

शिक्षाका लागि विश्वव्यापी साझेदारी शिर्षकको उक्त सम्मेलनमा सबैभन्दा बढी सहायता रकम घोषणा गर्ने दाताहरूमा ब्रिटेन, युरोपेली युनियन र नर्वे रहेका थिए।

आयोजकहरुले यो रकम विगतका तीन वर्षमा शिक्षाको क्षेत्रमा प्राप्त दातृ सहयोगको तुलनामा उल्लेख्य वृद्धि भएको जनाएका छन्।

ओझेलमा शिक्षा

घोषणा

आयोजकहरुले भनेका छन्, पहिलो पटक विकासशील देशका राष्ट्रपतिसँगै 'जी सेभेन' भनिने औद्योगिक राष्ट्रहरुको समूहले शिक्षा सम्बन्धी लगानी जुटाउने उक्त सम्मेलनको सह-आयोजकको भूमिका निभाएका थिए।

तस्वीर कपीराइट AFP/GETTY IMAGES

ग्लोबल पार्टनरशीप फर एजुकेशन अर्थात शिक्षाका लागि विश्वव्यापी साझेदारी नामक अभियानले आयोजना गरेको उक्त सम्मेलनमा सेनेगलका राष्ट्रपति मकी सालसँगै फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रों पनि उपस्थित थिए।

माक्रोंको उपस्थितिले उक्त अभियानलाई बढावा दिएको ठानिएको छ।

यो लगानी बालबालिका विद्यालय जाउन् भन्नका लागि मात्र नभएर उनीहरुले केही सिकुन् भन्ने सुनिश्चित गर्न प्रयोग गरिने जनाइएको छ।

परिणाम

त्यसको मतलब राम्रो अध्यापनबाट मात्रै राम्रो परिणाम प्राप्त हुने निष्कर्ष निकालिएको छ।

पछिल्ला ३ वर्षमा शिक्षाका लागि सो कोषमा एक अर्ब ३० करोड डलरमात्रै लगानी भएको थियो।

आयोजकहरुले अहिले प्राप्त भएको सहयोगलाई अभूतपूर्व भनेका छन् र आफूहरुले करिब ९० वटा देशमा शिक्षाको क्षेत्रमा अब मद्दत गर्न सक्ने उल्लेख गरेका छन्।