सबैका आँखा शीतकालिन ओलिम्पिक्समा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'ऐतिहासिक' शीतकालिन ओलिम्पिक्स

  • 10 फेब्रुअरी 2018

दक्षिण कोरियामा शीतकालिन ओलिम्पिक्सको रङ्गीचङ्गी उद्घाटन समारोहमा उत्तर र दक्षिण कोरियाका दर्जनौं खेलाडीहरुले संगसंगै मार्च गरे।

प्योंगयांगले यो ओलिम्पिक्समा २२ जना खेलाडीका अतिरिक्त ४०० जना भन्दा बढी सहभागी पठाएको छ।

दक्षिणले शीतकालिन ओलिम्पिक्समा संयुक्त सहभागिता जनाइएपछि उत्तर कोरियासंगको तनावपूर्ण सम्बन्धमा केही सुधार हुने अपेक्षा गरेको छ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियालाई पुरष्कृत नगर्न सोललाई सचेत गराएका छन्।

तर धेरै विश्लेषकहरु यसपटकको शीतकालिन ओलिम्पिक्स ऐतिहासिक बन्नेतर्फ अगाडि बढीरहेको ठान्दछन्।

बीबीसी रिपोर्ट (भिडिओ)