दुर्घटनामा परेका सिँचाइ सचिवको 'शव भेटियो'

  • 10 फेब्रुअरी 2018
उद्धारकार्य

शनिवार बिहानै त्रिशुलीमा जीप खसेर बेपत्ता भएका सिँचाइ सचिव रामानन्द यादवको शव भेटिएको घटनास्थलमा रहेका प्रहरीले जनाएका छन्।

कपिलवस्तुबाट काठमाण्डू आउँदै गरेको जीप बिहान करिब ३ बजे त्रिशुली नदीमा खसेको थियो।

घटनास्थलमा खटिएका प्रहरी सहायक निरीक्षक कृष्ण सापकोटाका अनुसार सिँचाइ सचिव आफैँले जीप चलाएका थिए।

जीप सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको थियो।

त्रिशुलीमा बस खस्दा '३१ जनाको मृत्यु'

ट्रक, जीप त्रिशुलीमा खस्दा दुईको मृत्यु

खोजी

घटनाबारे जानकारी पाएपछि उद्धारमा खटिएको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले करिब ११ बजे यादवको शव निकालेको सापकोटाले बताए।

जीपमा सिँचाइ सचिव यादवका छोरा सन्तोष यादव, उनको साथीको छोरी उन्नती गुप्ता र चालक निरञ्जन यादव अधिकारी रहेको बताइएको छ।

घाइते यादवलाई उपचारका लागि काठमाण्डूस्थित ट्रमा सेन्टर ल्याइएको घटनास्थलमा रहेका पत्रकार शिव सिलवालले बताए।

बेपत्ता भएका दुवैजनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बारम्बार

घटनास्थलमा प्रहरी र सेनाको टोली उद्धारमा खटिएका छन्।

त्रिशुली नदीमा बेला-बेला यस्ता दुर्घटनाका खबर आइरहन्छन्।

खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारका बेला गृहमन्त्री रहेका पूर्व मुख्यसचिव माधवप्रसाद घिमिरे चढेको गाडी पनि करिब डेढ वर्षअघि त्रिशुली नदीमा खसेको थियो।

उद्धार र खोजी कार्य त्यतिबेला तीव्र पारिए पनि उनको शव फेला पर्न सकेन।

सम्बन्धित सामग्री