प्रदेश २: फोरमलाई मुख्यमन्त्री, राजपालाई सभामुख

  • 10 फेब्रुअरी 2018
नेताहरु

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच प्रदेश नम्बर २ मा सरकारको नेतृत्व फोरमले गर्ने लिखित सहमति भएको छ।

संयुक्त सरकार बनाउने सहमति गरेका उनीहरुले अन्य पद पनि बाँडफाँट गरेका छन्।

दुवै दलका नेतृत्व तहबीच भएको बैठकले त्यसबारे लिखित सहमति गरेको हो।

राजपा अध्यक्ष मण्डलका एकजना सदस्य राजेन्द्र महतोले भने, "मुख्यमन्त्री र उपसभामुख फोरम नेपालले लिने र सभामुख राजपा नेपालले लिने सहमति भएको छ।"

आलोपालो

उनका अनुसार भावी सरकारमा दुवै दलबाट तीन-तीनजना मन्त्री हुनेछन्।

भावी मुख्यमन्त्रीका अनुहार

राजपा-फोरम मनाउने कांग्रेसको कसरत

Image caption राजपाका कतिपय नेताले प्रदेश २ मा सरकारको नेतृत्व आलोपालो गर्नु पर्ने धारणा राखेका थिए

यसअघि राजापले सरकारको नेतृत्व आलोपालो गर्ने अपेक्षा दर्शाएको थियो।

तर त्यसमा सहमति हुन नसकेपछि पछिल्लो निर्णयमा पुगेको महतोले जानकारी दिए।

अब जति सक्दो छिट्टै प्रदेश सरकार गठनको प्रक्रिया अघि बढाइने दुवै दलका नेताले बताएका छन्।