'संयुक्त नेतृत्वमा पार्टी संचालन गर्ने सहमति'

  • 14 फेब्रुअरी 2018
तस्वीर कपीराइट RSS
Image caption एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएको बताइएको छ

एकताको लागि लामो समय देखी देखिएको नेतृत्व विवादलाई सल्टाउँदै नेकपा एमाले र माओवादी केन्द्रले एकीकृत पार्टी संयुक्त नेतृत्वबाट संचालन गर्ने सहमति जुटाएका छन्।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएको पनि नेताहरुले बताएका छन्।

पार्टीको नीति र तल्लो तहको एकताको खाका बनाउन बिहीबार कार्यदल गठन गरिने कार्यदलमा रहेका नेताहरुले बताएका छन्।

'सहअध्यक्षको सूत्रमा एमाले-माओवादी एकता नजिक'

एमाले-माके कार्यदल 'सहमति नजिक'

'सकारात्मक दिशा'

पछिल्ला दिनमा लगातार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएका छलफलहरु सकारात्मक दिशामा अघी बढी रहेका भनाइका बीच बुधबार बसेको एकता संयोजन समितिको बैठकले एकताको दिशमा झण्डै ९५ प्रतिशत काम सकेको बताइएको छ।

बिहीबारको सहमतिसँगै एकताका लागी वाधक हुने ठानिएको नेतृत्व विवाद सल्टिएको नेताहरुले बताए।

एकता संयोजन समितिका सदस्य एवम् एमाले महासचिव ईश्वर पोख्रेलले भने, "पार्टीको एकता दुबै अध्यक्षले संयुक्त रुपमा गर्ने र पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएको छ। त्यसलाई बिहीबार अन्तिम रुप दिन्छौं।"

बुधबारको निर्णय अनुसार एकीकृत पार्टीको अध्यक्ष केपी ओली र प्रचण्ड दुबै जना हुनेछन्। सरकारको नेतृत्व आलोपालो गर्ने बारेमा भने कुनै निर्णय नभएको महासचिव पोख्रेलले बताए।

एकताका बाँकी काम सिद्धान्त, विचार र तल्लो तह सम्मको एकताको आधार भने कार्यदलले तय गर्ने बताइएको छ।

कार्यदल

बिहीबारको एकता संयोजन समितिको बैठकले कार्यदल गठन गर्ने पनि बताइएको छ।

एकीकृत पार्टीको स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समिति कति सदस्य बनाउने भन्ने पनि कार्यदलले नै तय गर्ने बताइएको छ।

बुधबार बिहान दुईजना अध्यक्षबीच भएको छलफल पछि एमालेले स्थायी समिति र माओवादी केन्द्रको केन्द्रिय कार्यालयको बैठक बसेर दुई अध्यक्षबीच भएका सहमतिको जानकारी गराउने र अनुमोदन गर्ने काम गरेका थिए।

त्यस लगतै एकता संयोजन समितिको बैठक बसेको थियो।

सम्बन्धित सामग्री