चौकीदारीदेखि मुख्यमन्त्रीसम्म

  • 17 फेब्रुअरी 2018
त्रिलोचन भट्ट

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा नियुक्त त्रिलोचन भट्टले शनिवार शपथ ग्रहणपछि जिम्मेवारी सम्हालेका छन्।

सानो छँदा रोजगारीको निम्ति भारत पुगेका उनले त्यहाँ चौकीदारी समेत गरेका थिए।

अब उनी आफूले चौकीदारी गरेको देश भारतका मुख्यमन्त्रीका समकक्षी बन्न पुगेका छन्।

मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी जिल्लाको केआर्इसिंह गाउँपालिकामा ४८ वर्ष अघि जन्मिएका हुन्।

प्रवास

प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोकियो

प्रदेश नं ४ का 'घरघरमा विद्युत् सेवा पुर्‍याइने'

घरको जेठो छोरा उनी जुनबेला स्कूल पढ्दै थिए कमजोर आर्थिक अवस्थाले रोजगारी अनिवार्य बन्न पुग्यो र भारततर्फ लागे।

रोजगारीको सिलसिलामा उनले जीवनको महत्वपूर्ण १६ वर्ष भारतमा बिताए।

त्यसक्रममा भट्ट माओवादी राजनीतिमा जोडिए।

प्रवासी नेपालीबीच संगठन बिस्तारमा जुटेका उनी भन्छन्, "सत्ताइस वर्षदेखि म लगातार कमजोर अवस्थामा पनि यो पार्टीमा लागिरहें।"

चाहाना

चौकीदारी गर्नु परेको आफ्नो बाध्यता अबका युवालाई नआइलागोस् भन्ने मुख्यमन्त्री भट्टको चाहना छ।

प्रदेशमै रोजगारी सृजना आफ्नो पहिलो उद्देश्य रहेको बताउँदै उनी भन्छन्, "आफैंले पनि त्यो पीडा भोगेर आएको हुनाले आफ्नो देशका युवाले विदेशमा गएर त्यो पीडा भोग्न नपरोस् भन्ने सोचका साथ मैंले राजनीतिमा हामफालेको हो।"

खासगरी भारतीय पर्यटकलाई आकर्षित गर्ने प्राकृतिक सौन्दर्य र धार्मिक महत्वका स्थल प्रदेश ७ मा यथेष्ठ रहेको उनको ठम्याइ छ।

त्यससँगै जलश्रोत र जडिबुटीको भरपूर उपयोग गरेर प्रदेशलाई समृद्ध तुल्याउने मुख्यमन्त्री भट्टको लक्ष्य छ।

सम्बन्धित सामग्री