'एकीकृत पार्टी, नयाँ कार्यक्रम'

  • 18 फेब्रुअरी 2018

एमाले र माओवादी केन्द्रको एकता प्रक्रियामा सैद्धान्तिक बहसले प्रवेश पाएसँगै त्यसमा विमतिका खबरहरू आएका छन्।

पथप्रदर्शक सिद्धान्तका रुपमा मार्क्सवाद, लेनिनवाद दुवै दलले मानेका छन् तर एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवादमा सहमति जुट्न नसकेको बताइएको छ।

माओवादसहितका सिद्धान्त अपनाउँदा विगतमा भएका भनिएका गल्तीबाट सिकिएको पाठका रुपमा माओवादीले चित्रण गर्ने एक्काइसौं शताब्दीको जनवाद र एमालेको जनताको बहुदलीय जनवाद अर्थात् जबज एकअर्कासँग नजिक रहेको कतिपय टिप्पणी गर्छन्।

तर पार्टी एकता गर्दा पनि एमालेको एउटा पंक्ति जबज छाड्न नहुने अडानमा छ।

यद्यपि बेदुराम भुसालजस्ता कतिपय नेता चाहिँ जबजका केही विशेषतासहितको 'नयाँ कार्यक्रम' लिएर एकीकृत पार्टी अघि बढ्न सक्ने तर्क गर्छन्।

उनले भने, "जबजका कतिपय विशेषतालाई निरन्तरता दिन्छौं तर नाम त्यही रहनुपर्छ भन्ने छैन। त्यो नयाँ कार्यक्रम हुनेछ"।

माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्की चाहिँ 'गम्भीर सैद्धान्तिक विषय' महाधिवेशनमा लैजानुपर्ने बताउँछन्।

उनले भने, "दुवै दल पहिले पनि आफ्ना पथप्रदर्शक सिद्धान्तबाट निर्देशित देखिएका थिएनन्। तर अहिले हठात् छलफलमा आएको छ तथापि यस्ता गम्भीर विषयमा महाधिवेशनबाट टुंगो लगाउनुपर्छ"।

नेताद्वय बेदुराम भुसाल र सुरेन्द्रकुमार कार्कीबीचको बहस तल दिइएको लिङ्कमा सुन्नसक्नुहुनेछ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
बेदुराम भुसाल र सुरेन्द्रकुमार कार्कीसँग

सम्बन्धित सामग्री