पारमाणविक हमला भए ट्रम्प कहाँ लुक्लान्?

  • 18 फेब्रुअरी 2018
ट्रम्प तस्वीर कपीराइट Getty Images

ह्यारी ट्रुम्यानदेखि डोनल्ड ट्रम्पसम्म, सबै अमेरिकी राष्ट्रपतिहरूलाई पारमाणविक हमला भएको खण्डमा 'बङ्कर'मा बस्ने सुविधा रहिआएको छ।

उसो भए पारमाणविक हमलाको खतरा उत्पन्न भएमा सेनाका परमाधिपतिलाई कहाँ लगिनेछ?

पारमाणविक हमलाको खतरा उत्पन्न हुनासाथ राष्ट्रपति ट्रम्पलाई एउटा सुरक्षित स्थानमा लगिनेछ।

उनका लागि त्यस्ता कैयौँ सम्भावित ठाउँ उपलब्ध छन्।

‘परमाणु अस्त्रको बटन मसँगै छ’

'सम्पूर्ण अमेरिका आफ्नो क्षेप्यास्त्रको पहुँचमा'

प्रतिबिम्बित

एउटा चाहिँ ह्वाइट हाउसमुनि छ जसको निर्माण सन् १९५० को दशकमा गरिएको थियो।

अर्को चाहिँ भर्जिनियाको ब्लू रिज माउण्टेन्सस्थित सजिलै भेटाउन नसकिने स्थानमा छ।

फ्लोरिडामा राष्ट्रपति ट्रम्पको निजी सम्पत्ति मार-आ-लागोमा उनको व्यक्तिगत 'बङ्कर' छ भने अर्को चाहिँ 'वेष्ट पाम बीच' मा उनले पहिला-पहिला गल्फ खेल्ने गरेको ठाउँमा छ।

तस्वीर कपीराइट Getty Images
Image caption कंग्रेसका सदस्यहरूका लागि विगतमा बनाइएको ग्रीनब्रायर नामक बङ्कर अहिले पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ।

हमलाका बेला लुक्ने ठाउँसम्बन्धी यी विवरणहरूले सम्भावित पारमाणविक आक्रमणको सामना कसरी गर्ने भन्ने दशकौंयता अमेरिकीहरूले गर्दै आएको प्रयासलाई प्रतिबिम्बित गर्दछन्।

केही मानिसहरूका लागि पारमाणविक हमलाका कुरा अकल्पनीय हुन्। केहीले चाहिँ योजनाहरू बनाउँछन्।

यद्यपि जति राम्रो तरिकाले बनाइएको भए पनि सिधा प्रहारबाट कुनै पनि 'बङ्कर' जोगिन सक्दैन।

हाम्रो धैर्य असीमित छैन: अमेरिका

शीतयुद्धकालीन मानसिकता त्यागः चीन

प्रतिरक्षा

'वान नेशन अण्डरग्राउण्डः द फलआउट शेल्टर इन अमेरिकन कल्चर' नामक पुस्तककी लेखिका केनेथ रोज भन्छिन्, "शक्तिशाली विस्फोट र प्रहारबाट जोगिन सक्ने कुनै प्रतिरक्षा प्रणाली छैन।"

यदि प्रारम्भिक आक्रमणबाट राष्ट्रपति जोगिए भने 'बङ्कर'मा जान उनलाई सहज हुनेछ।

अमेरिकी नौसेनाले 'पीनट आइल्याण्ड' नामक एउटा 'बङ्कर' तत्कालीन राष्ट्रपति जन एफ केनेडीका लागि बनाएको थियो।

उक्त 'बङ्कर' फ्लोरिडाको 'पाम बीच हाउस' नजिकै छ जहाँ केनेडी प्रायः जसो गइरहन्थे।

'पाम बीच हाउस' र उक्त 'बङ्कर' बीच जम्मा १० मिनेटको दूरी छ।

उक्त 'बङ्कर'लाई 'डिट्याचमेन्ट होटल' पनि भन्ने गरिन्छ। जसलाई बनाउन त्यतिबेला ९७ हजार अमेरिकी डलर खर्च भएको थियो।

राष्ट्रपतिका लागि बनाइएका तीनवटा 'बङ्कर' छन्: 'पीनट आइल्याण्ड', 'ह्वाइट हाउस' र 'माउण्ट वेदर'।

Image caption माउण्ट वेदरको चुचुरोलाई राष्ट्रपति र उनका सहयोगीहरूलाई लुक्नका लागि 'बङ्कर'मा परिणत गरिएको छ।

'पीनट आइल्याण्ड' मा राष्ट्रपतिसँगै उनका कैयौँ सहयोगी र सचिव जान सक्छन्।

उक्त 'बङ्कर'मा ३० जना अट्न सक्ने बताइन्छ।

व्यवस्था

सेप्टेम्बर ११ को घटनाका बेला ह्वाइट हाउस 'बङ्कर'मा तैनाथ गरिएका एकजना मरिन रोबर्ट डार्लिङका अनुसार राष्ट्रपतिसहित केही उच्चपदस्थ व्यक्तिहरू मात्रै 'बङ्कर'मा बस्ने पाउने व्यवस्था मिलाइएको छ।

उनी भन्छन्, "सेप्टेम्बर ११ को घटनाका बेला उपराष्ट्रपति डिक चेनीले बङ्करबाटै काम गरिरहेका थिए। उनीसँगै उनकी श्रीमती, तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार कोण्डलिजा राइस र रक्षामन्त्री डोनल्ड रम्सफिल्डसहित केही मानिसहरू थिए। तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुश पनि त्यसैभित्र थिए।"

कंग्रेसका सदस्यहरूका लागि वेष्ट भर्जिनियामा ह्वाइट सल्फर स्प्रिङ्ग्स नजिकै ग्रीनब्रायर रिजोर्टमा एउटा 'बङ्कर' छ।

उक्त 'बङ्कर'को 'प्रोजेक्ट ग्रीक आइल्याण्ड' भन्ने कोड नाम थियो र दशकौँसम्म त्यसको प्रयोग भइरह्यो।

Image caption तत्कालीन राष्ट्रपति जन एफ केनेडीलाई हमलाका बेला विकिरणबाट जोगाउन यो बङ्कर बनाइएको थियो।

तर सन् १९९२ मा बन्द भएपछि मात्रै त्यसको नाम सार्वजनिक भएको थियो।

भर्जिनियाको माउण्ट वेदर नजिक बस्ने मानिसहरूले त्यसलाई 'डूम्सडे सिटी' अर्थात् 'प्रलयको दिनको शहर' भनेर चिन्छन्।

१,७५४ फीट अग्लो माउण्ट वेदरको चुचुरोलाई पारमाणिक हमला हुने खतराका बेला राष्ट्रपति र उनका सहयोगीहरूलाई लुक्नका लागि 'बङ्कर'मा परिणत गरिएको हो।

माउण्ट वेदरको रेखदेख अमेरिकी संघीय आपत्‌कालीन व्यवस्थापनसम्बन्धी निकाय फेमाले गर्दछ।

शीतयुद्ध

सेप्टेम्बर ११ मा अल-कायदाले हमला गरेपछि त्यसलाई सञ्चालनमा ल्याइएको थियो।

फेमाका तत्कालीन निर्देशकले सन् २००१ को अक्टोबरमा कंग्रेससमक्ष दिएको बयानमा उक्त कुरा बताएका थिए।

यद्यपि उनले विस्तृत कुरा उल्लेख गरेनन्।

माउण्ट वेदरदेखि पीनट आइल्याण्ड र मार-आ-लागोको निर्माण शीतयुद्धका बेला गरिएको थियो।

Image caption राष्ट्रपति केनेडीका लागि बनाइएको बङ्करमा अत्यावश्क वस्तु आपूर्तिको व्यवस्था मिलाइएको थियो।

मार-आ-लागो 'बङ्कर' सन् १९५० को शुरूतिर एकजना धनाढ्य महिला मर्जोरी मेरीवेदर पोष्टले बनाउन लगाएकी थिइन्। उनलाई कोरियासँग युद्ध हुने आशंका थियो।

सन् १९८५ मा डोनल्ड ट्रम्पले 'बङ्कर'सहित ती महिलाको सम्पत्ति खरिद गरेका थिए।

उनीसँगै उक्त 'बङ्कर'मा गएका पूर्वयोजना व्यवस्थापक वेस ब्ल्याकम्यान त्यसभित्र जाँदा पुरातात्विक खोजमा गए जस्तै भएको बताउँछन्।

ब्ल्याकम्यान भन्छन्, "बङ्करको मजबुतीलाई लिएर किन त्यति काम गरिएको भनेर उनले बुझ्न सकेनन्। महायुद्ध जस्ता घटना हुने बेला ज्यान जोगाउने अरू कुनै ठाउँ हुनेछैन।"