बलिवूड अभिनेत्री श्रीदेवीको निधन

  • 25 फेब्रुअरी 2018
श्रीदेवी तस्वीर कपीराइट AFP/Getty Images

बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ।

५४ वर्षीया श्रीदेवी दुबईमा एउटा वैवाहिक कार्यक्रममा सहभागी भएका बेला हृदयाघात भएको ठानिएको छ।

उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन्।

श्रीदेवीले मिस्टर इण्डिया, चाँदनी, चालबाज र सदमा जस्ता व्यावसायिक रूपमा निकै सफलसहितका डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्।

बालकलाकार

पुरूष कलाकारको सहयोग विनै सफल चलचित्र दिने थोरै अभिनेत्रीहरूमा श्रीदेवीको नाम आउँछ।

उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो।

बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल चलचित्रबाट काम शुरू गरेकी थिइन्।

सर्वाधिक अनुभवी अन्तरिक्षयात्रीको निधन

बालकलाकारकै रूपमा उनले तेलुगु र मलयालम चलचित्रहरूमा पनि अभिनय गरेकी थिइन्।

दक्षिण भारतीय चलचित्रहरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिवूड चलचित्र 'सोलहवा साल' बाट अभिनय शुरू गरिन्।

सफल

सन् १९८० को दशकलाई अभिनेत्रीहरूको दृष्टिकोणले बलिवूडलाई श्रीदेवीको दशकको रूपमा व्याख्या गर्ने गरिन्थ्यो।

उनलाई 'लेडी अमिताभ बच्चन' पनि भन्ने गरिन्थ्यो।

सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि १५ वर्षसम्म उनी चलचित्रमा देखिनन्।

सन् २०१२ मा उनले इंग्लिश-विंग्लिश नामक चलचित्रमा अभिनय गरिन्। जुन व्यावसायिक रूपमा निकै सफल रह्यो।

सन् २०१७ मा मम नामक उनको चलचित्र आएको थियो।

सम्बन्धित सामग्री