शीतकालीन ओलिम्पिक्स्‌को समापन

  • 25 फेब्रुअरी 2018
प्योङचाङ ओलम्पिकको समापन

दुई सातासम्म चलेका खेलकुद र राजनीतिक विवादहरुलाई बिट मार्दै दक्षिण कोरियाको प्योङचाङमा शीतकालीन ओलिम्पिक्स्‌को समापन भएको छ।

ओलिम्पिक रंगशालामा खेलाडी तथा खेलप्रेमीले झिलिमिली समापन समारोह हेरेका थिए।

पदक तालिकाको अग्रस्थानमा नर्वे आएको छ।

प्योङचाङको ओलिम्पिक रंगशालामा आयोजित भव्य समारोहसँगै शीतकालीन ओलिम्पिक्स् सकिएको छ।

जित

उत्तर कोरियाः बम र कूटनीतिको खेल इतिहास

उत्तरका गुप्तचर प्रमुख दक्षिण कोरिया जाने

१६ दिन सम्म चलेका खेलहरुमा सबैभन्दा बढी पदक नर्वेले हासिल जितेको छ। अन्तिम प्रतिस्पर्धामा उसले जर्मनीलाई उछिनेको हो।

स्की खेलाडी मारित बोएर्गनले ओलिम्पिक खेलको आफ्नो आठौं स्वर्ण पदक जितेकी छन्। उनी शीतकालीन ओलिम्पिकको इतिहासमैं सबैभन्दा धेरै पदक जित्न सफल खेलाडी बनेकी छन्।

तटस्थ रूपमा प्रतिस्पर्धा गरेका दुई जना रुसी खेलाडी प्रतिबन्धित औषधि परीक्षणमा विफल भएपछि रुसी खेलाडीहरूलाई राष्ट्रिय झण्डा बोकेर मार्च गर्न दिइएन।

फुकु्वा

अब थप रुसी खेलाडीहरुले प्रतिबन्धित औषधि प्रयोग नगरेको पाइएको खण्डमा अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटिले रुसमाथि लगाएको प्रतिबन्ध फुकुवा पारिने जनाएको छ।

प्योङचाङ ओलिम्पिक्स्‌को समापन कार्यक्रममा अमेरिकी राष्ट्रपतिकी छोरी इभान्का र उत्तर कोरियाका प्रतिनिधिहरू सहभागी थिए।

अमेरिकी अधिकारीहरूले कुनै पनि उत्तर कोरियाली प्रतिनिधिहरूसँग भेट नभएको बताएका छन्।