युद्धविरामको पर्खाइमा पूर्वी गुटा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

युद्धविरामको पर्खाइमा पूर्वी गुटा

  • 27 फेब्रुअरी 2018

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवारदेखि सिरियाको पूर्वी गुटा इलाकामा दैनिक पाँच घण्टा हवाई हमला बन्द गरिने बताएका थिए।

राजधानी दमास्कस नजिकै विद्रोहीहरुको नियन्त्रणमा रहेको उक्त इलाकामा झण्डै चार लाख सर्वसाधारण युद्धको चपेटामा परेको ठानिएको छ।

त्यहाँ रुसी मद्दतबाट सिरियाली सैन्यले भीषण हवाई हमला गर्दै आएका छन्।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शनिबार देशभर ३० दिने युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो।

तर युद्धविराम शुरु गर्ने कुनै प्रारम्भिक मिति चाहिँ दिइएको थिएन।

उक्त युद्धविराम भङ्ग भएका समाचारहरु आएका छन्।

बीबीसी रिपोर्ट (भिडिओ)

सम्बन्धित सामग्री