पूर्वी गुटामा सहायता सामग्री पुर्‍याउने योजना विफल

  • 4 मार्च 2018
तस्वीर कपीराइट AFP

राष्ट्रसंघका एक अधिकारीका अनुसार सिरियामा विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा सहायता सामग्री बोकेका सवारीको लस्कर आज नै पुर्‍याउन सम्भव हुने छैन।

करिब ४० वटा ट्रकहरू आज पूर्वी गुटाको एक प्रमुख नगर डोउमा पुर्‍याउने योजना थियो।

दैनिक पाँच घण्टा युद्ध रोक्ने रुसी घोषणापछि त्यस क्षेत्रमा पुग्ने यो नै सहायता सामग्रीको बोकेका सवारी साधनको पहिलो लस्कर हुने थियो।

मानवीय सहायता पुर्‍याउनका लागि सिरियाभर युद्ध विराम गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले गरेको आह्वानलाई सम्मान गरिएको देखिंदैन।

पूर्वी गुटाप्राप्त विवरणहरूमा जनाइएअनुसार सरकार पक्षीय लडाकुहरू अघि बढ्दै गर्दा स्थानीयवासीहरू सुरक्षित स्थान खोज्दै भागिरहेका छन्।

'उपलब्धि'

सीमामा हमला नगर्न टर्कीलाई सिरियाको चेतावनी

हामा प्रान्तमा हवाई हमला, अस्पतालमा क्षति

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
युद्धविरामको पर्खाइमा पूर्वी गुटा

शनिवार भएको भीषण लडाइँमा सरकार पक्षीय लडाकुहरूले थप उपलब्धि हासिल गरेको जनाइएको छ।

दमास्कसदेखि पूर्वतिर पर्ने त्यो क्षेत्रमा अवस्था "अत्यन्तै नाजुक" रहेको बताइएको छ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स् का अनुसार सरकारी सैन्यले १० प्रतिशत भूभाग पुन: आफ्नो नियन्त्रणमा लिन सफल भएका छन्।

राष्ट्रसंघका अनुसार सहायता सामग्री बोकेका ट्रकहरूलाई पूर्वी गुटा क्षेत्र प्रवेश गर्ने अनुमति प्राप्त नभएपछि ती बाहिरै रोकिएका हुन्।

पूर्वी गुटाको विद्रोही नियन्त्रित क्षेत्रमा करिब चार लाख मानिसहरू फसिरहेको बताइन्छ।

एक साताअघि राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरियामा युद्धविरामको लागि आह्वान गरेयता पूर्वी गुटा क्षेत्रमा एक सयजना भन्दा बढी गैरसैनिकहरूको ज्यान गइसकेको अनुगमन संस्थाहरूको भनाइ छ।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार