सुरुङभित्र कुरान
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सुरुङभित्र कुरान

  • 6 मार्च 2018

संसारभरि नै मुसलमानहरु आफ्नो पवित्र धर्मग्रन्थ कुरानलाई अत्यन्तै आदर गर्दछन्।

पाकिस्तानमा कुरानको अनादर गरेको आरोपमा भीडले मानिसहरुको हत्या गरेका घटनाहरु पनि भएका छन्।

त्यसैले पुराना, च्यातिएका कुरानका प्रतिहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न निकै पेचिलो बन्दै आएको छ।

पाकिस्तानको क्वेटा शहरका एक व्यवसायी अब्दुल रशीद लेहरीले पहाडमा सुरुङ खन्न लगाएर कुरानका पुराना प्रतिहरुलाई त्यही पुर्ने गर्दै आएका छन्।

उनको संस्थाले मर्मत गर्न मिल्ने पुस्तकहरुलाई मर्मत गरेर मदरसाहरुलाई उपहार दिने पनि गरेको छ।

बीबीसी रिपोर्ट (भिडिओ)